logo/Nepal-flag_2hsejdg.gif

परिचय

संघियता पश्चात नेपालको संविधानको अनुसूची ५,६,७,८ र ९ मा उल्लेख अधिकार सूचीको कार्यजिम्मेवारी विस्तृतीकरण गरी प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कृषि विकास निर्देशनालय अन्तरगत नेपाल सरकारको मन्त्रीपरिषदबाट कृषि ज्ञान केन्द्रको संरचना मिति २०७५।३।२६ मा स्वीकृत भएको हो। कृषि एक बहुआयामिक क्षेत्र भएकाले विषय विज्ञ सहितका टिमबाट कृषिको सेवा कृषकहरु माझ प्रदान गर्ने सोचका साथ तत्कालिन प्रदेश सरकार, ३ नं. प्रदेश, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, हेटौडा द्बारा रामेछाप जिल्लाको मन्थली न.पा वडा नं.१ मा रामेछाप र दोलखा कार्यक्षेत्र तोकि कृषि ज्ञान केन्द्र, रामेछापको मिति २०७५।७।१२ मा स्थापना भई मिति २०७५।८।१२ मा माननीय मन्त्री, कैलाश प्रसाद ढुङ्गेलज्यू (आर्थिक मामिला तथा योजना मन्त्रालय, हेटौडा) बाट औपचारिक उद्बघाटन भएको थियो। यस केन्द्रको स्थापना भन्दा अगाडि वि.सं. २०२५ सालमा रामेछापमा र २०५२ सालमा दोलखा जिल्लामा स्थापना भएको जिल्ला कृषि विकास कार्यालयहरु बाट कृषि विकास र कृषि प्रसारका कार्यक्रमहरु संचालन हुदै आएको थियो।

यसै क्रममा २०८० फाल्गुण महिनामा नाम परिवर्तन भई हाल कृषि विकास कार्यालय (कार्य क्षेत्र रामेछाप र दोलखा) रामेछाप जिल्लाको मन्थली न.पा.-१ मा रही दोलखा जिल्लामा कार्यक्रम संचालनमा सहजिकरण गर्नका लागि सदरमुकाम चरिकोटमा सम्पर्क कार्यालय रहेको छ। कार्यालयबाट दुवै जिल्लाको कृषि क्षेत्रको विकासका लागि अनुदानका कार्यक्रम, प्रविधि हस्तान्तरणका कार्यक्रम, तालिम, विशेसेज्ञ सहितको कृषकका समस्या समाधान लगायतका कृषि प्रसारका कार्यक्रम समेत संचालन गर्दै आइरहको छ।